पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ४४ विरुद्ध अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता भएको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
३१ व्यक्तिसहित ८ कम्पनी र ५ सम्पत्ति जफत गरि ४४ विरुद्ध अभियोग पत्र दर्ता गरिएको सूचना अधिकारी सुरजले बताए ।
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा अभियोग दर्ता भएको छ । उनीविरुद्ध फरकफरक अभियोगमा छुट्टाछुट्टै आरोपपत्र दर्ता भएको हो ।
लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।
“अभियोगपत्र दर्ता भएको छ। तीनवटा छुट्टाछुट्टै अभियोगपत्रहरू छन्। कुल ४२७ पेजको अभियोजनपत्र छ। कसलाई कुनकुन कसूरमा कस्तो सजाय माग गरिएको छ त्यो हामी पछि हेरेर जानकारी दिनेछौँ।” अधिकारीले भने ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिँदैैछ ।
५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
प्रहरीले ५१ जनालाई प्रतिवादी कायम गर्न सरकारी वकिललाई राय दिएको थियो । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदावी लिनुपर्ने राय दिएको थियो । तर, सरकारी वकिलले प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो