खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर २ जनाको मृत्यु

खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर २ जनाको मृत्यु

ladera mrityu

तेह्रथुम । तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु भएको छ।

मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

प्रहरीका अनुसार रविना र सुस्मिता हिजो शनिबारको बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरु चिप्लिएर खोलामा बगेका थिए।

बगेका दुई जनाको बेलुका शव भेटिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ