गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । मुग्लिङ-नौबिसे सडकखण्ड आज पुस ७ गतेदेखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।
पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियोे । सो निर्णय अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।
सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ ।
पोखरेभिर मोड सुधारका लागि गल्छी(बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ । यसैगरी हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिने छ ।
विशालटार मोड सुधारका लागि भारी सवारी साधनलाई मझिमटार र बेनीघाट तथा हलुका सवारी साधनका लागि चरौदी बजार र विशालटारमा रोकिने छ ।
सम्बन्धित खबर
नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने
मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
मनकामना केबलकार भोलि र पर्सि बन्द हुने
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु