काठमाडौं तीनकुनेमा अवस्थित इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी एक्स्पो २०२४’ को विहीबार र शुक्रबार विद्यार्थीको उत्साहजन सहभागिताका बीच सम्पन्न भयो ।
कलेजले ‘एजुकेशन फर इन्डष्ट्री’ भन्ने उद्देश्यका साथ एक्स्पोको आयोजना गरेको हो । एक्स्पोमा विभिन्न स्टलहरु राखिएकाे थियो, जसमा विद्यार्थीहरुले आफैंले तयार पारेकाे साइफर र्याट, एआई एज प्रिडिक्सन सिस्टम, सिएनसि प्लोटर, लाइन फलोइङ रोवर्ट, ह्यान्ड फ्रि गेमिङ्, करियर भिजन जेनेरेटर, साइन ल्याङ्ग्वेजलगायत प्रदर्शनीमा राखिएको थियो ।
एक्स्पोको अवलोकनमा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलगायत पनि पुगेका थिए ।

आईएसएमटी कलेजका प्रिन्सिपल ध्रुबबाबु जोशीले सरकारले नेपालमा के कारणले आईटी इण्डष्ट्री फष्टाउन सकेको छैन ? त्यसको रिसर्च गर्नुपर्नेमा जोड दिए । आवश्यक नीति बनाई ठूला अन्तर्राष्ट्रिय कम्पनीहरुलाई नेपाल भित्र्याएर विद्यार्थीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाई छ ।
साथै, उनले यस आईएसएमटी एक्स्पोले कलेजमा विद्यार्थीहरुले सिकेको सिकाईलाई व्यवहारमा लागू गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।
यसैगरी, एक्स्पोको अवलोकनमा पुगेका नेपाली कांग्रेसका नेता कोइरालाले आईटी विधामा आईएसएमटी कलेजले राम्रो गरिरहेको र यसले आईटीका विद्यार्थीहरुले नेपालको भविष्य सुरक्षित राख्नेमा विश्वस्त रहेको पनि बताए ।

यस्तै, एकीकृत समाजवादी पार्टीकी नेतृ झाँक्रीले पनि नेपालमा आईटी क्षेत्रको सम्भावना प्रवल रहेको बताइन् । ‘नेपालमा काम गर्ने बतातावरण नै छैन’ भन्ने नकारात्मकता फैल्याउने भाष्यलाई यसले चिर्ने उनको भनाई थियो ।
एक्स्पोको अवलोकनमा ह्वाइट हाउसलगायत अन्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
एक्स्पोमा आफूले तयार पारेको विभिन्न प्रोगामहरु प्रदर्शनी गर्न पाउँदा विद्यार्थीहरु पनि उत्साहित देखिन्थे । नेपालमै बसेर केही नयाँ गर्ने सोच रहेकाे उनीहरुको भनाई छ ।
सम्बन्धित खबर
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला