जनकपुरले उचाल्यो एनपीएलको उपाधि

जनकपुरले उचाल्यो एनपीएलको उपाधि

npl

पोखरा ।  नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल बाँकी हुँदै ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।

सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।

अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ