पोखराबाट उदाएको लक्ष्मी ग्रुप प्रालिले स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा ग्रुपको प्रधान कार्यालय बागबजारमा रक्तदान लगायत विविध कार्यक्रम गरको छ ।
कार्यक्रममा ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले ५१ वर्ष अघि बुवाहरु बुद्घिबहादुर र गणेशबहादुर श्रेष्ठले स्थापना गरेको लक्ष्मी मिठाइँ भण्डारले सबैको साथ, सहयोग र समर्थनले आजको यो रुप लिएको बताए । यसका साथै आगामी दिनमा समेत यस किसिमको साथ सहयोग निरन्तर रहने कुरामा आफू विस्वस्त रहेको उनको भनाइ थियो ।
ग्रुपमा लामो समयदेखि आवद्ध रही सेवारत कर्मचारीहरुलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । ग्रुप अन्तरगत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा ५ वर्ष सेवा गरेका २५, १० वर्ष सेवा गरेका ४, १५ वर्ष सेवा गरेका २, २० वर्ष सेवा गरेका १० गरी ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
कर्मचारीहरुलाई कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठ, निर्देशकहरु कृष्णबहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुब्रत श्रेष्ठ एवं नायव निर्देशक निरज श्रेष्ठले मायाको चिनो एवं प्रंशसा पत्र प्रदान गरे । यसका साथै ५१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको महिला तथा पुरुष एकल ब्याटमिन्टन र फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समेत गरिएको थियो ।

५१ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रम गरेको छ । पहिलो रक्तदाता केशव भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुआत गरिएको कार्यक्रममा ९० जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको छ । सो समारोहमा सम्मानितहरुको तर्फबाट मानव संशाधन विभागका महाप्रवन्धक श्याम मल्लले प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कमना गर्दै प्रतिष्ठानले संथागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य तथा खेलकुद एवम् धार्मिक क्षेत्रका विभिन्न सामाजिक कार्यहरुमा देखाएको सक्रियता तथा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रम प्रताप आचार्यले सञ्चालन गरेको मावव संशाधन विभागका कर्मचारी धर्मराज गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो