पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने भएका छन् ।
पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्पोर्टस् काठमाडौंले अन्नपूर्ण कास्कीलाई ४३–१० को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो खेलमा टिम ताङतिङले एएमआइसीआइलाई ४२–९ को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा स्पोर्टस् काठमाडौंसँगको भेट पक्का गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार शनिबार उपाधिका लागि भिड्नेछन् ।
यस्तै पुरुषतर्फ भने सेमिफाइनल समिकरण पुरा भएको छ । पुरुषतर्फको पहिलो क्वाटरफाइनल खेलमा रामघाट टिम ‘ए’ले ताङतिङलाई ५४–४७ को अङ्कले पराजित गर्याे । यस्तै दोस्रो खेलमा मर्दीखोलाले नदीपुरलाई ६१–५० अङ्कले पराजित गर्यो ।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा बेगाले अन्नपूर्ण म्याग्दीलाई ६८–५२ अङ्कले हरायो । चौथो क्वाटरफाइनल खेलमा छोम्रोङले क्याङलाई ५३–४५ अङ्कले पराजित गर्यो ।
शनिबार बिहान पुरुषतर्फको दुई सेमिफाइनलसहित महिला/पुरुषको फाइनल खेल सञ्चालन हुने संयोजक गुरुङले बताए ।
खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।
गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला