पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल

पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल

Hotel Task

पोखरा । तेहौं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो ।

महोत्सव आयोजक युनाईटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधी बिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले होटल टास्क इन्टरनेश्नलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महोत्सवमा सहकार्य गर्न लागेको बताए । युनाईटेड क्लबले पोखरामा रहेर पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहदा होटल टास्क इन्टरनेश्नलले समेत आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने गरी महोत्सवमा सहकार्य गर्न लागेको बताए ।

होटल टास्कले तीनवटा आउटलेट लेकाली चुलो घर, लेकाली कफी घर, लेकाली सेकुवा एण्ड सुकुटी घर र लेकाली सिटी भ्यूरेष्टुरेन्ट एण्ड बारबाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको र त्यसमा हाल लेकाली सेकुवा एण्ड सुकुटी घरबाट अधिकतम खुद्रा मुल्य (एमआरपी) मुल्यमा बियर बिक्री गर्दै आइरहेको छ । बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवसाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढिरहेको सञ्चालक गुरुङले बताए । लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर (अधिकतम खुद्रा मुल्य) एमआरपीमा ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ ।

नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।

महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना भएको र होटल टास्क इन्टरनेश्नल जस्तै सहयोग मनहरुको साथ र सहयोगबाट महोत्सव १३ औं संस्करण सम्म आइपुगेको बताए । महोत्सवलाई भब्य र सभ्य बनाउन सम्पूर्ण पोखरेली बासीको साथ र सहयोगको समेत अफुहरुले अपेक्षा गरेको उनको भनाइ थियो ।

महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ