बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा रू २९ लाख बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा रू २९ लाख १२ हजार छ सय ९० आम्दानी भएकामा रू १४ लाख ३७ हजार ३९ खर्च भएको छ । मङ्सिरमा रू १४ लाख ७४ हजार छ सय ५१ बचत भएको छ ।
गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट रू १७ लाख आठ हजार छ सय ४०, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट रू एक लाख दुई सय ५०, कुखुराबाट सात हजार छ सय, राँगोबाट रू दुई हजार, सटर भाडा रू तीन लाख नौ हजार पाँच सय ४०, विवाहबाट रू १० हजार पाँच सय, वनभोजस्थलबाट रू एक हजार, आर्थिक सहयोग रू ४३ हजार दुई सय १०, परेवा बिक्रीबाट रू छ लाख ५४ हजार सात सय ५०, व्रतबन्धबाट रू नौ सय, पण्डितबाट रू १८ हजार चार सय आम्दानी भएको छ ।
कर्मचारीहरूको तलबमा रू चार लाख पाँच सय, बिजुलीमा रू ३५ हजार नौ सय ३०, पूर्वाधार विकासमा रू पाँच लाख २८ हजार छ सय ९८, पूजा खर्च ५५ हजार, पोशाकमा रू ५३ हजार, विज्ञापन खर्च रू छ हजार, मेसिन तथा उपकरण रू २८ हजार, खाद्यान्न र आवासमा रू ७८ हजार, मर्मतसम्भारमा रू १७ हजार, यातायात तथा भ्रमणमा रू एक लाख तीन हजार आठ सय खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए । रासस
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला