मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।
उक्त खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । उनले भने, ‘यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटरको काम भइरहेको छ ।’
पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । पाण्डेले पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ । उनले भने, ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’
पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ । दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ ।
यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।रासस
सम्बन्धित खबर
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
भिमादका मंगल गिरीको हत्या गरी फरार रहेका ३ युवक पक्राउ
तनहुँमा जिप र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
बन्दिपुरमा चितुवाको आक्रमणमा परी १० वर्षीया बालिकाको मृत्यु
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु