पोखरा १५ मा फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण

तालिम र सहयोग

पोखरा १५ मा फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण

Dustbin_15

पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ ।

पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो ।

उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए ।

सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो ।

युएनडिपीले अघि सारेको उक्त योजना अन्तर्गत शुक्रबार वडा नं. १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds