भीरकोटमा आगलागी हुँदा लाखौंको क्षति, एकजना घाइते

भीरकोटमा आगलागी हुँदा लाखौंको क्षति, एकजना घाइते

Aagolagi filepic

स्याङ्जाको भीरकोट नगरपालिका -१ भलुवाडाँडामा आगोलागि हुँदा लाखौंको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।

बिहिबार साँझ बिद्युत सर्ट भई स्थानीय ८१ वर्षीय बेल नारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्ची घर र एक तले कच्ची गोठमा आगोलागि भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । गोठबाट आगो सुरू भएको श्रेष्ठले बताए ।

आगोलागि हुँदा दुई तले कच्ची घर र एक तले कच्ची गोठ जली पूर्ण रुपमा नष्ट भएको, घरमा रहेको अन्दाजी एक लाख तिस हजार रुपियाँ नगद, अन्दाजी सात तोला सुन, भाँडा बर्तन , लत्ता कपडा गरी अन्दाजी पन्ध्र लाख क्षति भएको निरीक्षक श्रेष्ठले बताए ।

आगो निभाउने क्रममा स्थानीय ५० वर्षीय कोट बहादुर मगरको टाउकोमा चोट लागेर घाइते भएका थिए । घाइते मगर उपचार पश्चात् डिस्चार्ज भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ