दुई महिनादेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध प्रहरीले आज शुक्रबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ । सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पूरक अभियोगपत्र दायर हुन लागेको हो ।
प्रहरीले एक अर्ब ५१ करोड बिगो कायम गरी लामिछानेसहित ५१ जना विरूद्ध मुद्दा चलाउन गत सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा चलाउन लागेको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । सो मुद्दाका आरोपीमध्ये एक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुग्ने भएकाले मुद्दा दायर गर्न लागिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले शुक्रबार नै मुद्दा दायर हुने गरी तयारी भइरहेको बताए ।
लामिछाने सहकारीमा प्रत्यक्ष संलग्न नभएपनि गोर्खा मिडियामा गएको सहकारीको पैसा खर्च गर्नेमा उनको समेत भूमिका रहेको भन्दै पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनीविरुद्ध मुद्दा चलाउन लागिएको भन्दै विरोध गर्दै आएको छ ।
मुद्दा दायरपछि अदालतमा उनको बयान हुनेछ । बयानपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुन्छ । पोखरामा छुटेपनि उनलाई नियन्त्रणमा लिएर रुपन्देही, चितवन, काठमाडौं र पर्सा लगेर मुद्दा दायर गर्ने प्रहरी तयारी छ ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला