पोखरा नदीपुर स्थित प्रतिभा मावि अतिरिक्त क्रियाकलाप विभागले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्न प्रतिभा आइडल २०८१ आयोजना गरेको छ ।
वित्त निर्देशक विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि प्राचार्य किरण सापकोटाले यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत क्षमता उजागर हुने र सानै उमेरदेखि आफ्नो कला कौशल फक्रनका लागि प्लेटफर्म अवसर प्रदान गरेको बताए ।

प्राचार्य सापकोटाले शैक्षिक पात्रोमै यस कार्यक्रमलाई उल्लेख गरी प्राथमिकताका साथ निरन्तरता दिइएको उल्लेख गरे ।
प्रतिभा आइडलमा कक्षा ६ देखि १० सम्म सहभागी थिए । कक्षागत प्रतिष्पर्धामा ५१ समूह व्यक्तिगत तथा समूहगत रुपमा सहभागी थिए ।
कक्षा ६ तर्फ सवार्णि बास्तोला प्रथम, सम्पदा अर्याल द्वितीय, एन्जिला नेपाल समूहको तृतीय भए । कक्षा ७ तर्फ प्राप्ति पौडेल प्रथम, आयुश्री तिमिल्सिना र आशिमा सेनको समूह द्वितीय, नमुना सुवेदीको समूह तृतीय भयो ।

कक्षा ९ र १० तर्फ एभरग्रिन केसी प्रथम, शुलभ के भण्डारीको समूह द्वितीय र प्रमित पाण्डेको समूह तृतीय भयो ।

अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजनमा भएको कार्यक्रममा कक्षा ९ सी का विद्यार्थी दिक्षान्त थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
बरालले दिए त्रिवि उपकुलपतिबाट राजीनामा
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई
पोखरामा प्रतिभा एजुकेशनले खोल्यो उन्नत शिक्षा प्रणालीमा आधारित ‘एभरग्रीन एकेडेमी’
स्याङ्जाबाट चार हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर