मानवता विरोधी आक्रमणप्रति कास्कीका ६ दलको ध्यानाकर्षण, पोखरामा २ दिन हस्ताक्षर संकलन

विरोध

मानवता विरोधी आक्रमणप्रति कास्कीका ६ दलको ध्यानाकर्षण, पोखरामा २ दिन हस्ताक्षर संकलन

भोलि पृथ्वीचोक र ७ गते पिएन क्याम्पस गेटमा हस्ताक्षर संकलन गरिने

Hastachher aviyan

फाइल तस्वीर

पोखरा । विगत लामो समयदेखि ईजरायलले प्यालेस्टाइनमाथी जारी राखेको मानवता विरोधी सशस्त्र आक्रमण प्रति कास्कीमा क्रियाशील  ६ वटा राजनैतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष पूर्ण लामा, नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछाने, नेकपा कास्की प्रतिनिधि सोममाया सी, राष्ट्रिय जनमोर्चा कास्कीका सचिव विष्णु पुरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कास्कीका सेक्रेटरी बिक्रम थापा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), कास्कीका प्रतिनिधि किरण थापाले विज्ञप्ति जारी गर्दै यस आक्रमणले प्यालेस्टाइनी जनताको बाँच्न पाउने आधारभूत अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरेका छन् ।

भोलि पौष ५ गते दिउँसो १ बजे, पृथ्वीचोकमा र पौष ७ गते बिहान ८ बजे पृथ्वीनारायण क्याम्पस गेट बगरमा प्यालेस्टाइनी जनताको सार्वभौम अधिकारको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै इजरायलले गरिरहेको सशस्त्र आक्रमण विरुद्ध हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्न गइरहेको उनीहरुले जानकारी गराएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds