सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

अदालती आदेश

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

Supreme_Court_sarbochcha_adalat_sarbocha

सर्वोच्च अदालतले सरकारलाई ‘जनयुद्ध’ शब्दको प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।

अदालतको संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको हो ।

यसअघि ज्ञानेन्द्रराज आरणले संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकामा सो शब्द संविधानविपरीत रहेकाले हटाउन माग रिट दायर गरेका थिए ।

जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२ को ५० प्रतिकूल भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले यो आदेश गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ