भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

acc

काठमाडौँ । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा नौसेनाका ३ जनासहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटना लगत्तै आएका उद्धारकर्ताले एक सय एक जनाको उद्धार गरेका छन् ।

मृतकका परिवारलाई राज्य सरकारले ५/५ लाख रुपैयाँ राहत दिने घोषणा गरेको मुख्यमन्त्री देवेन्द्र फडणविसले जानकारी दिए ।

एक महिना भित्र इण्डियन नेवीको डुंगा दुर्घटना भएको यो दोस्रोपटक हो । अघिल्लो पटकको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds