अनेरास्ववियुले लोक सेवा र शिक्षक सेवाको नि:शुल्क ट्युसन पढाउने

अनेरास्ववियुले लोक सेवा र शिक्षक सेवाको नि:शुल्क ट्युसन पढाउने

Akhil_Flag anerasobiu 2

अनेरास्ववियुले नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोग कक्षा सञ्चालन गर्ने भएको छ। अनेरास्ववियुले उक्त कक्षा सञ्चालनको लागि सूचना जारी गर्दै फाराम भर्न आव्हान गरेको छ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सेनाका अनुसार उनकै आतिथ्यमा र अध्यक्ष निराजन थापाको अध्यक्षतामा पुस १ गते सम्पन्न तेस्रो पदाधिकारी बैठकले यो निर्णय गरेको हो।

तिमिल्सेनाले युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै सूचना जारी गरिएको जानकारी दिए।

‘विभिन्न पेसा एवं व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न यस कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न गइरहेको छ ।’ सूचनामा भनिएको छ,‘त्यसैले देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूले पौष १५ गतेभित्र तपसिलका विवरणसहित उपलब्ध गुगल फाराम (https://forms.gle/aZHPtyMntCzhFKeq5) मा  भरी यस कमिटीमा आवेदन पेस गर्नुहुन र प्राप्त यो सुवर्ण अवसरलाई ग्रहण गर्नुहुन हार्दिक अनुरोध छ।’

इन्चार्ज तिमिल्सेनाले यसका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा आफूले नै लिएको जानकारी दिए। उनले विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरूलाई तथा पेसा व्यवसायको कारण अध्ययनमा कम समय दिने सबै युवाहरूको लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न जिल्ला कमिटीलाई पनि निर्देशन दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ