पोखरा । पेट्रोल छर्किएर घाइते बनाइएका कास्कीको मादी गाउँपालिका वडा नं. ५ का दुर्गाबहादुर गुरुङको उपचार गर्दागर्दै निधन भएको छ।
उनको काठमाण्डौको कीर्तिपुर बर्न अस्पतालमा सोमबार मृत्यु भएको हो। शरीरका ७५ प्रतिशत भाग जलेका ४८ वर्षीय गुरुङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
गुरुङलाई बिहिबार राती करीब ११ बजेको समयमा शौचालय जाँदै गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१२ स्थायी घर भई हाल जिल्ला पोखरा काँहुखोला बस्ने वर्ष ३१ को उमेश राईले पेट्रोल छर्किएर घाइते बनाई भागेका थिए।
गम्भीर घाइते भएका गुरुङलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण ल्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइएको थियो।
भागेका राईलाई मादी गाँउपालिका वडा नं. ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा शिशुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। अभियुक्त राईबिरुद्ध कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचारः
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो