चक्कु प्रहार गरी बुवाले गरे छोराको हत्या

चक्कु प्रहार गरी बुवाले गरे छोराको हत्या

chakku

काठमाडौँ । भक्तपुरमा चक्कु प्रहार गरी बुवाले छोराको हत्या गरेका छन् ।

गएराति करिब सवा १० बजे घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

अछामको कमलनगर नगरपालिका–६ घर भएका उनीहरु भक्तपुर नगरपालिका–२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।
बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

शव पोष्टमार्टमका लागि काठमाडौंको मेडिकल कलेज दुवाकोट पठाइएको र छोराको हत्या गर्ने दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ