पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु

दुर्घटना

पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु

bike-accident

पोखरामा मंगलबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट गम्भिर घाइते पोखरा वडा नं. ३२, लामेआहालका डम्बर बहादुर पुनको उपचारका क्रममा ज्यान गएको हो ।

लामेआहालमा पृथ्वी राजमार्गबाट भित्री सडकतर्फ जान लागेका पुन सवार ग२१प ६४७४ नम्बरको स्कुटरलाई पोखराबाट दमौलीतर्फ जाँदै गरेको बाप००६ख ५४४३ नम्बरको बसले ठक्कर दिएको थियो । 

साँझ सवा ५ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भपुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ पौने ७ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बसको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको छ । प्रहरीले बस र बस चालक खोटाङका रमेश बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

गएराति मात्रै पोखराको बुढीबजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो । पोखरा वडा नं. ३३, बागमाराका २८ वर्षीय अशोक लामिछानेको ज्यान गएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds