काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल प्रिमियर लिगको पुरस्कार राशी घोषणा गरेको छ ।
क्यानले आज निकालेको विज्ञप्तिअनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छन् ।
क्यानको आयोजनामा भइरहेको एनपीएलको पहिलो संस्करणमा आठ वटा टोली सहभागी भएकामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स एनपीएलको प्लेअफमा पुगेका छन् ।
भोलि बुधबार इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।
यस्तै, भोलि नै दिउँसो १ बजे पहिलो क्वालिफायरमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
दोस्रो क्वालिफायर खेल पर्सि बिहीबार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोलीको विजेता बन्ने सम्भावना समाप्त हुनेछ । फाइनल खेल आउँदो शनिबार हुनेछ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला