नेकपा (एमाले) का सांसदसमेत रहेका सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको बचत अपचलनका विषयमा उन्मुक्ति नपाउने बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले ‘गोर्खा मिडियाका मालिकले मैले जान्दिनँ, मैले बुझिनँ, मलाई थाहा थिएन भनेर उन्मुक्ति नपाउने’ पनि बताए।
‘सहकारीको रकम एक पैसा पनि लिन नपाइने ठाउँमा गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउने, रजगज गर्ने, मासिक पाँच लाख तलब लिने, ७५ लाख सेयर हाल्ने, फेरि एक करोड ८० लाख सेयर हाल्ने यो सबै कुरा कसले गरेको?,’ थापाले भने, ‘१५ प्रतिशत सेयरको मालिक र प्रबन्ध निर्देशक नभएको भए रवि लामिछानेले पनि विपिनकुमार आचार्यलेजस्तो उन्मुक्ति पाउनुहुन्थ्यो।’
लामिछानेप्रति लक्ष्य गर्दै थापाले सहकारीको रकम ल्याएर खाएको बताए।
‘सहकारीको रकम ल्याएर खाएपछि ठगीमा संलग्न हो कि उन्मुक्ति हो?,’ उनले प्रश्न गरे, ‘खाएको त हो नि त, हजम गरेको।’
गोर्खा मिडियाअन्तर्गत ग्यालेक्सी टिभीबाट पारिश्रमिक लिएको हिसाबले कसैलाई कारबाही सिफारिस नगरिएको पनि थापाले बताए।
‘पारिश्रमिक लिएको हिसाबले क्रियटिभ डाइरेक्टर विपिनकुमार आचार्यलाई हामीले कारबाही सिफारिस गरेका छौं? ग्यालेक्सी टेलिभिजनका कर्मचारी र सञ्चारकर्मी सबैको पारिश्रमिक सिट प्रतिवेदनमा राखिदिएको छ। तिनलाई कारबाही सिफारिस गरेको छैन, जो मालिक हो तिनलाई कारबाही सिफारिस गरिएको छ,’ समिति सभापति थापाले भने, ‘मालिकले मैले जानिनँ, मैले बुझिनँ, मलाई थाहा थिएन भनेर उन्मुक्ति कसैले पाउँदैन।’
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की