जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आएर नागरिकता बनाउन नसकेकालाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका प्रितम गुरुङलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिइएको हो ।
स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको समन्वयमा पुतलीबजार नगरपालिका वडा नम्बर १२ का गुरुङलाई घरमै गएर नागरिकताको प्रमाणपत्र दिइएको हो । वडा नम्बर १२ का खिल प्रसाद गुरुङ र डम्बर कुमारी गुरुङका १६ वर्षीय छोरा प्रितम गुरुङलाई ४२-०१-८१-०२९२३ नम्बरको नागरिकताको प्रमाणपत्र घरमै गएर प्रदान गरिएको हो ।
दुई वर्ष अगाडि गुरुङ रुखबाट लडेर घाइते भएका थिए । उनको ढाडभन्दा तलको भाग चल्दैन । नागरिकता बनाउन कार्यालयसम्म आउनजान आर्थिक अवस्था कमजोर रहेको र नागरिकता नहुँदा सरकारी सेवाहरुबाट समेत बन्चित हुनु परेको जानकारी आएपछि आफूहरुले घरमै पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
गुरुङको घाउमा मलम मात्र लगाएको बताउँदै प्रशासकीय अधिकृत सोभाखर पोख्रेलले नागरिकको हरेक दु:खमा प्रशासन सङ्गै रहेको बताए । अधिकृत पोख्रेलले यसअघि पनि मेरुदण्ड भाँचिएर अस्पतालमा उपचाररत बिरुवा -५ का विमल शर्मालाई अस्पतालको बेडमै गएर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता प्रदान गरेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारीको समन्वयमा नागरिकता वितरणका क्रममा प्रशासकीय अधिकृत सोभाखर पोख्रेल, नायब सुब्बा जगुलाल पाण्डे, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई धन्यवाद व्यक्त गर्दै गुरुङले नागरिकता पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
सम्बन्धित खबर
बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई
पत्रकारविरुद्ध प्रशासनले दर्ता गरेको उजुरीप्रति महासंघको सीडीओलाई ध्यानाकर्षणपत्र, प्रशासनले उजुरीलाई काउन्सिल पठायो
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन