नेपाल पुन मगर समाजको अध्यक्षमा खमबहादुर गर्बुजा पुन मगर

नेपाल पुन मगर समाजको अध्यक्षमा खमबहादुर गर्बुजा पुन मगर

pun magar samaj

पोखरा । नेपाल पुन मगर समाजको अध्यक्ष पदमा खमबहादुर गर्बुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाजको दोस्रो (चौथो संशोधित) राष्ट्रिय महाधिवेशनबाट गर्बुजा मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

यही मंसिर २९ र ३० गते पोखरामा सम्पन्न भएको नेपाल पुन मगर समाजको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुनमगर, उपाध्यक्षमा नरबहादुर फगामी पुनमगर, महिला उपाध्यक्षमा रामकुमारी पुन मगर, महासचिवमा प्रतिमाया पुन मगर (थजाली), सचिवमा हेमकुमारी गर्बुजा पुन मगर र कोषाध्यक्षमा दलबहादुर पुन मगर सर्वसम्मत निर्वाचित भए ।

यस्तै, सदस्यहरूमा देउकुमारी गर्बुजा पुनमगर, दलबहादुर पुनमगर, देउबहादुर चोचाङ्गी पुनमगर, कृष्ण गर्बुजा पुनमगर, आशीष पुनमगर, देव चोचाङ्गी पुनमगर, कुमारबहादुर पुनमगर, जगबहादुर पुनमगर, दीपक पुनमगर, टेकबहादुर पुनमगर, गोविन्द पुन मगर, देवबहादुर पुनमगर, खगेन्द्रमान पुनमगर, यामकुमार पुनमगर, माया पुनमगर, बलबहादुर पुनमगर, भीमबहादुर पुनमगर, कल्पना पुर्जा पुनमगर, यामकुमारी खोरजा पुनमगर, तुलबहादुर पुर्जा पुनमगर, डिलदेवी पुर्जा पुनमगर, निरज पुनमगर, देव गर्बुजा पुनमगर, कुम पुनमगर, तुलबहादुर तिलिजा पुनमगर र टेकबहादुर पहरे पुनमगर निर्वाचित भए ।

यसैबीच, नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशनले ६ बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमानेपाल पुन मगर समाज, केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले ६ बुँदे घोषणापत्र जारी गरिएको जानकारी दिए ।

६ बुँदे घोषणापत्रमा भनिएको छ, ‘मगर खाम मातृभाषा, धर्म संस्कार, संस्कृति र भेषभूषा संरक्षण एवम् प्रवद्र्धन गर्न प्रतिबद्धता जाहेर गर्ने, देश विदेशमा रहेका पुन मगर लगायत सम्पूर्ण मगरहरूलाई एकताको लागि नेपाल पुन मगर समाजले प्रतिबद्धता गर्ने, संविधानमा व्यवस्था भए अनुसार मगर खाम मातृभाषालाई मगर खाम बाहुल्यता रहेको स्थानीय तह र क्षेत्रहरुमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्न पहल गर्ने ।’

यस्तै, पुन मगरहरूलाई आर्थिक समृद्धि, स्वास्थ्य तथा शैक्षिक गुणस्तर उत्थान एवम् सामाजिक सशक्तिकरण पक्रियामा जागरण ल्याउने, कुनै पनि पार्टी भन्दा जाति ठूलो हो भन्ने ध्येयलाई आत्मसातगर्दै पुनमगर समाजलाई विशुद्ध जातीय उत्थानको रुपमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दै व्यक्तिगत रुपमा पुन मगरहरू कुनै पनि राजनीतिक पार्टीमा सहभागी हुन समाजले कुनै रोक नलगाउने उल्लेख गरिएको छ । नेपाल पुन मगर समाजका नवनिर्वाचित खमबहादुर गर्बुजा पुनमगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष लेखबहादुर फगामी पुनमगरले स्वागत मन्तव्य र महासचिव प्रतिमाया थजाली पुनमगरले सञ्चालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds