जर्जियाको एक रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाको शव फेला

जर्जियाको एक रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाको शव फेला

Georgia-Gudauri-Ski-Resor1

काठमाडौँ । जर्जियाको गुदौरी भन्ने स्थानमा ११ जना भारतीय नागरिकसहित १२ जनाको ज्यान गएको छ ।

जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो ।

स्थानीय प्रहरीका अनुसार जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको हो । कार्बन मोनोअक्साइड ग्याँसका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

गुडौरीको एक होटलमा सुतिरहेको अवस्थामा उनीहरुको शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा शवमा घाउचोट लागेको पनि देखिँदैन ।

गुडौरी पूर्व सोभियत राष्ट्रमा सबैभन्दा उच्च र सबैभन्दा ठूलो स्की रिसोर्ट रहेको खबरमा उल्लेख छ ।

होटलमा शुक्रबार विद्युत्अवरुद्ध भएपछि तेलबाट चल्ने जेनेरेटर सञ्चालनमा आएको थियो ।

दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds