इक्यान कास्कीको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित

नयाँ नेतृत्व

इक्यान कास्कीको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित

ecan kaski

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित भएका छन्।

पोखरामा सम्पन्न सातौं अधिवेशनले गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा सन्तोष शाही, सचिवमा सुरेन्द्र बराल र कोषाध्यक्षमा देव बहादुर क्षेत्री निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा डम्बर बहादुर जिसी, विक्रम बहादुर बस्नेत, राजन पन्थी, टंकराज बराल निर्वाचित भएका छन्। उपाध्यक्ष र सदस्य सर्वसम्मत हुँदा अन्य पदमा भने निर्वाचन भएको थियो।

अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै अध्यक्ष गैरेले सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds