काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिली’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार बेलुका पोस्टर सार्वजनिक गर्दै महाशिवरात्रीको अवसरमा फिल्म फागुन १४ गते रिलिज हुने घोषणा गरेका छन् ।
पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई उनीहरुको पात्र लुक्समा देख्न सकिन्छ । विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् ।
‘रेशम फिलिली’ मा विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो । यसपटक सिनेमामा मेनुका दोहोरिएकी छैनन् ।
निरोज महर्जन निर्देशित फिल्ममा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
रौनक विक्रम कडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी हुन् । निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।
अहिलेसम्म शिवरात्रीमा ‘फेरि रेशम फिलिली’सहित अन्य २ फिल्मले पनि प्रदर्शन मिति घोषणा गरेका छन्, जसमा ‘लाज शरणम’ र ‘मायावी’ पनि छन् ।
सम्बन्धित खबर
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की