गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा ७३ वर्षीय हुसैनको आज बिहान निधन भएको हो ।
फोक्सोसम्बन्धी रोगको उपचारका क्रममा उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय स्वास्थ्य खराब हुँदै गएपछि उनलाई आईसीयूमा राखेर उपचार भइरहेको उनका परिवारलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हुसैनको निधनको खबर आएसँगै श्रद्धाञ्जलीको ओइरो लाग्न थालेको छ ।
उनको निधनले सितार र तबलालगायतका वाद्यवादन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उस्ताद जाकिर १९८८ मा पद्मश्री पदकद्वारा विभूषित भएका थिए । त्यसपछि उनले २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण पाएका थिए । तीबाहेक उनले दर्जनौं अवार्डहरू पाएका छन् ।
सन् १९५१ मार्च ९ मा भारतको मुम्बईमा जन्मिएका जाकिरका पिता अल्लाहरक्खा कुरैशी पनि तवला बादक थिए । उनका श्रीमती र दुई छोरी छन् ।
सम्बन्धित खबर
अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ जनाको मृत्यु
जर्जियाको एक रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाको शव फेला
विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन
अभिनेता अल्लु अर्जुन रिहा
बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु