मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

mausam-purbanuman

पोखरा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।

आइतबाररातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज बिहान ह्याक भएको हो ।

मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाले मौसमसम्बन्धि पूर्वानुमान र जानकारी दिने गर्दछ । महाशाखाले साप्ताहिक, तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दै आएको छ ।

महाशाखाले हरेक दिन बिहान र बेलुका मौसमसम्बन्धी बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । साथै विशेष परिस्थितिमा विशेष बुलेटिन पनि प्रकाशन गर्दै आएको थियो ।

तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds