स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ६ उजेलीडाँडा स्थित श्री भाग्योदय माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले भूपू विद्यार्थी मञ्च गठन गरेका छन् ।
शनिबार विद्यालय प्राङ्गणमा भेला भएका पूर्व विद्यार्थीहरुको समूहले ढाकाराम खनालको अध्यक्षतामा भूपू विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको उपाध्यक्षमा उज्ज्वल रेग्मी, सचिवमा विदुर कोईराला, सहसचिवमा जगदीश अर्याल, कोषाध्यक्षमा भोजबहादुर थापा साथै सदस्यहरुमा नारायण प्रसाद कोईराला, विनोद अधिकारी, कौशिला रोकाहा, रिवन घिमिरे, सरोज अधिकारी, सरला वि.क., उमेश अर्याल र सुवास रेग्मी रहेका छन् ।
समितिमा दुई जना सदस्य पछि थप गरिने निर्णय गरिएको समितिका सदस्य नारायण प्रसाद कोईरालाले जानकारी दिए । समितिले मञ्चको विधान तीन महिनाभित्र तयार गर्ने र समितिको प्रथम अधिवेशन गर्ने तयारीमा लाग्ने समितिका सदस्य कोईरालाले बताए ।
विद्यालय र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई अझ गाढा बनाउँदै विद्यालयको शैक्षिक र भौतिक उन्नयनको लागि तथा विद्यालयलाई गुणस्तरीय र नमुना बनाउन ठोस कदम चाल्दै सबै खाले प्रगतिमा हातेमालो गर्न मञ्चको गठन गरिएको अध्यक्ष ढाकाराम खनालले बताए ।
विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी लक्ष्मण अधिकारीको सक्रियतामा आयोजित पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रममा व्यवस्थापन समितिका सदस्य विश्वनाथ अर्यालको अध्यक्षता, समितिका अध्यक्ष छायाराम खनालको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालयका विद्यार्थीहरु, शिक्षकहरू र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालयमा हाल करिब पाँच सय विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो