लेखनाथ । कास्कीको लेखनाथमा आयोजित २५औं आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधी एन्फा कास्कीले हात पारेको छ ।
लेखनाथको भण्डारढीक स्थीत लेखनाथ रंगशालामा शनिवार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीलाई २–१ को गोल अनतरले पराजित गर्दै कास्कीले उपाधि जित्न सफल भएको हो ।
खेलको ४६ औ मिनेटमा शसस्त्रका प्रविन स्याङतानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए । तर त्यसको ६ मिनेटमै कास्कीका संगम ठकुरीले दोश्रो गोल थप्दै जित सुनिश्चत गरेका थिए ।
त्यसपछि पनि बारम्बार पाएको गोल गर्ने मौकालाई सदुपयोग गर्न नसक्दा सशस्त्रले उप विजेतामा चित्त बुझाउनु परेको छ । च्याम्पीयन बनेको कास्कीले उपाधीसँगै नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता सशस्त्र प्रहरी वल गण्डकी प्रदेशले नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ,सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङते, उत्कृष्ट डिफेन्डरमा सशस्त्र कै सन्तोष श्रेष्ठ,उत्कृष्ट गोलरक्षकमा कास्की ११ का आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ठ खेलाडीमा कास्की कै अनिस तामाङ पुरस्कृत भएका हुन् । प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ टिमको सहभागिता रहेको थियो ।
विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै संघिय सासंद मन बहादुर गुरुङले खेललाई ब्यवसायिक र प्रस्तावित लेखनाथ रंगशालालाई पोखराको बैकल्पीक रंगशालाको रुपमा विकास विकास गराउन पहल गर्ने वताएका थिए ।
आयोजक आदर्श युवा क्लवका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन सचिव सन्तोष गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन क्लवका सस्थापक अध्यक्ष चेत बहादुर गुरुङले गरेका थिए ।
‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको थियो ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो