पोखरा महानगरपालिका वडा नं. ३२ गगनगौंडा स्थित श्री गोगन माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले भूपू विद्यार्थी मञ्च गठन गरेका छन् ।
शनिबार विद्यालय प्रांगणमा भेला भएका पूर्व विद्यार्थीहरुको समूहले किसान परियारको संयोजकत्वमा भूपू विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको हो ।
विद्यालय र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई अझ गाढा बनाउँदै विद्यालयको सबै खाले प्रगतिमा हातेमालो गर्न मञ्चको गठन गरिएको संयोजक किसान परियारले बताए।
तदर्थ समितिको सहसंयोजकमा रेशम रानाभाट, सचिवमा विनोद भण्डारी, सहसचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी र सदस्यमा दीपक पौडेल, विश्वर्ण बस्नेत, अजय घिमिरे र कृतिराज खनाल रहेका छन् ।

समितिले मञ्चको विधान तयार गर्ने र समितिको प्रथम अधिवेशन गर्ने तयारीमा लाग्ने समितिका सदस्य दीपक पौडेलले बताए।
विद्यालय व्यवस्थापन समिति र पुर्व मञ्च संयोजकहरुको सक्रियतामा आयोजना गरिएको पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की, विद्यालयका शिक्षकहरू र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।
२०२५ सालमा स्थापना भएको विद्यालयमा हाल एक हजार सात सय ५० विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला