काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया अराजक र अनुशासनहीन बनेको बताएका छन्।
उनले अनलाइन मीडियाको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन्।
शनिवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारणसभामा बोल्दै उनले प्रिन्ट मिडिया र ब्रोड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गरे पनि अनलाइन मिडियाले अराजकता मचाइरहेको बताए।
उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउन अनलाइन मिडिया लागेकाले यसको नियमन पहिलो आवश्यकता भएको बताए। अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए। उनले अनलाइन मिडियाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काइरहेको बताए।
मन्त्री गुरुङले भने‚ ‘हामीलाई प्रिन्ट र ब्रोड कास्टिङ मिडियाले कुनै प्रोब्लम पारेका छैनन्। अनलाइन मिडियामा देखापरेको अराजकता र अनुशासनहीनताको नियमन आज सबैभन्दा जरुरी देखिन्छ। त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ। सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने प्रयत्न भइरहेको देखिन्छ। प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौँ। संसदबाट संसद् चलेपछि पास गरौँला। आजको आजै नियमन थाल्नुपर्छ।’
मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो