नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा सन्देश पौडेल विजयी भएका छन् ।
विजयी पौडेलले २६ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी अनुज अधिकारीले ५ मत पाएका थिए । प्रेस चौतारी र प्रेस यूनियन गठबन्धनको निर्णय अनुसार लमजुङ यूनियनको भागमा परेपछि चौतारीका अधिकारीले यसको अवज्ञा गर्दै आफै अध्यक्षमा उठेका थिए ।
पत्रकार महासंघ लमजुङ शाखाको शुक्रबार भएको ८ औँ अधिवेशनबाट भारी मतका साथ अध्यक्षमा पौडेल विजयी भएका हुन् । लमजुङमा अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षमा मात्र निर्वाचन भएको हो ।
उपाध्यक्षमा वेलिना थापा, महिला उपाध्यक्षमा बसन्ता भट्ट बानिया सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, सचिवमा कृष्ण आले, कोषाध्यक्षमा निरज अधिकारी पनि सर्वसम्मत चुनिए ।
यस्तै, शाखाको सहसचिव पदमा श्रीकला भण्डारी र सीताराम बसेल सर्वसम्मत बने । सदस्यहरुमा आस बहादुर गुरुङ, घन बहादुर घिमिरे जिवी, शान्ता कमली, सविना प्रजा, सुनिता भुजेल, शिला सेन्चुरी चुनिएका छन् ।
३४ मतदाता रहेको लमजुङको निर्वाचनमा ३२ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
सम्बन्धित खबर
पत्रकार महासंघ लमजुङको अध्यक्षमा पौडेल, सचिवमा आले
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु