पोखरा । आइटिएफ वल्र्ड टेनिस टुर जे३० पोखरा सर्किट–२ अन्तर्गत चौथो दिन सिंगल्सतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा चौंथो दिनको प्रतिस्पर्धाहरु निकै रोमञ्चपूर्ण रहे भने नेपाली खेलाडीहरुले केही खेलमा जित केही हार ब्यहोरे । प्रतियोगितामा सिंगल्सको खेलमा आरव सम्राट हाडा र शिवाली गुरुङले आफ्नो जितको लयलाई कायम गरे । ब्वाइज सिंगल्समा आरवले भारतका ओजस मेहलावतलाई ६–२, ७–५ ले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा गल्र्सतर्फ शिवालीले सर्किट १ को उपबिजेता रहेकी सुनिरा थापालाई ६–३, ६–४ को सोझो सेटमा हराउँदै प्रतियोगिताबाट बाहिरन बाध्य पारिन् । प्रतियोगितामा हार व्यहोरे पनि सुनिराले सबै दर्शकको मन भने जितिन् ।
यता ब्वाइज सिंगल्सतर्फ नै अस्ट्रेलियाका प्रतीक नविनले चीनका हैनुओ गुऔ लाई ६–१, ६–३ ले पराजित गर्दै सर्किट १ को सेमीफाइनलमा पराजित भएको बदला लिएका छन् । प्रतिक सर्किट १ खेलको सेमीफाइनलमा हैनुओ संग पराजित भएका थिए ।
यस्तै ब्वाइज डबल्सतर्फ चौथो दिन सम्पन्नसेमीफाइनलमा नेपाली प्रणव मानन्धर र राजबिर प्रधानको जोडी भारतिय जोडी आरव चावला र ओजस मेहलावत संग ६–२, ६–४ ले पराजित हुन पुगे । त्यस्तै भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका शोवर्य समला र प्रकाश सरणलाई ६–३, ६–३ ले तथा भारतीय जोडी आरव चावला र ओजस मेहलावतले नेपाली जोडी प्रणव मानन्धर र राज बिर प्रधानलाई ६–२, ६–४ ले पराजित गरे ।
यस्तै गल्र्स सिंगल्समा भारतकी महिका खन्नाले चीनकी यीजिया झाओलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा बनाउँदा मंगोलियाकी मार्टा छोग्सोमजाभले भारतकी अपरा खंडारेलाई ६–१, ६–० ले पराजित गरिन् । त्यस्तै अन्य एक खेलमा भारतकी अर्जन खोराकिवालालाई चीनकी तियानरान डोंगलाई ६–७(१), ६–२, ६–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।
भोली हुने गल्र्स सिंगल्स सेमीफाइनलमा भारतकी महिकाले मंगोलियाकी मार्टा संग भेट पक्का गर्दा नेपालकी शिवालीले भारतकी अर्जन खोराकिवालाको सामना गर्ने भएकी छन् । त्यस्तै ब्वाइज सिंगल्सतर्फ चीनका हैनुओले भारतका आश्रब्य मेहरा संग भेट पक्का गर्दा अर्को सेमीफाइनलमा नेपाली खेलाडी आरवले अस्ट्रेलियाका नविन प्रतिकको सटिक प्रहारहरुको सामना गर्नेछन् ।
यता गल्र्स सेमीफाइनलमा मार्टा छोग्सोमजाभ (मंगोलिया) र यीजिया झाओ (चीन)को जोडीले भारतीय जोडी एन्जल पटेल र सायेत वराडकरलाई ६–२, ६–३ ले तथा भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकिवालाले नेपालको शिवाली गुरुङ र सुनिरा थापालाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ६–७(४), (१०–५) ले पराजित गरी फाइनलमा स्थान बनाए ।
यस्तै ब्वाइज डबल्सतर्फ भने भोली फाइनल खेल सञ्चालन हुने कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
सिंगल्सतर्फका फाइनल खेलहरु शनिबार मंसिर २९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो