लेखनाथ । शसस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा विहिवार भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटवल क्लबलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
सशस्त्रका सुजन तामाङले खेलको ७१औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । गोल फर्काउन गोर्खाले गरेका थुप्रै प्रयासहरु असफल भएका थिए । खेलमा सशस्त्रका गोल रक्षक अजित कुमार बिक म्यान अफ दि म्याच बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् ।
अब प्रतियोगिताको उपाधिका लागी शनिबार शसस्त्र प्रहरी बल गण्डकी र कास्की ११ भिड्ने भएका छन । कास्कीले बुधबार पेनाल्टी सुट आउटमा आयोजक आदर्शलाई ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागत तर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ मंसिर २२ देखी २९ गतेसम्म संचालित प्रतियोगिताको मुख्य प्रायोजकक सौर्य सिमेन्ट रहेको छ ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो