पोखरामा राधेगुरु शोभाकान्त ढकाललाई सम्मान

पोखरामा राधेगुरु शोभाकान्त ढकाललाई सम्मान

kotihom samman

पोखरा । पोखरा बृद्धाश्रम सहितका संघसंस्थाद्वारा सामुहिक रुपमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित पटनेरीमा सञ्चालित कोटिहोममा संयुक्त राज्य अमेरिकाबाट आउनु भएका पोखराका शोभाकान्त ढकाल(राधेगुरु) लगायतलाई सम्मान गरिएको छ ।

कोटीहोममा आध्यात्मिक एवम सामाजिक विकासका लागि स्वदेश र विदेशमा रहँदा मानवीय सहयोग जुटाउनु भएकोमा पोखरा बृद्धाश्रम सहित पोखराका विभिन्न संघसंस्थाका तर्फबाट राधेगुरुलाई नागरिक अभिनन्दन सहित सम्मान गरिएको पोखरा बृद्धाश्रमका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले जानकारी दिए ।

शोभाकान्त ढकाल(राधेगुरु)ले आफुले २८ बर्ष अगाडि पोखरा बृद्धाश्रममा यस्तै शुभकार्य गरेको स्मरण गर्दै असहाय, बेवारिसे आमाबुवाका लागि स्थापना गरिएको आश्रमको विकास देख्दा अचम्मका साथै हर्षित बनेको बताए ।

प्रजातन्त्र सेनानी एवम् पोखरा क्षेत्रका अग्रज सामाजिक व्यक्तित्व स्व.ऋषि केशव पराजुलीको परिकल्पनामा स्थापना भएको उक्त आश्रमलाई आफुले पनि सक्दो सहयोग गर्ने उनले बताए ।

कोटीहोममा विश्व हिन्दु महासंघका सल्लाहकार भगिरथ योगीले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु साझा कतव्य भएको बताए ।

सम्मान तथा अभिनन्दन कार्यक्रममा अन्नपूर्णेश्वर शिवालय, शिवशक्ति धाम, पटनेरी टोल बिकास संस्था, श्री जागृति आमा समुह, श्री नमुना आमा समुह, गण्डकी रिभरसाईड युवा क्लव लगायतको सहभागिता रहेको कार्यक्रका संयोजक भीमप्रसाद चुवाईले जानकारी दिए ।

पटनेरीमा स्थापना गरिएको अन्नपूूर्णेश्वर धाम एवम् शिवालय मन्दिरकोे प्राण प्रतिष्ठाको कोटीहोममा बाल बालिकाहरुको निशुल्क ब्रतवन्ध र ज्येष्ठ नागरिकहरूको चौरासी पूजा समेत गरिएको आयोजकले जनाएको छ । कोटीहोममा भक्तजनको आकर्षण दिनानुदिन बढीरहेको कोटीहोम कार्यक्रमका व्यवस्थापन संयोजक मदन गिरीले जानकारी दिए ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्नुभएको कोटिहोममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्की लगायत विभिन्न उच्चपदस्थ अधिकारीे सहभागि भैसकेका छन् ।

अलकापुर आमा समुह, अलकापुर टोल विकास संस्था र अलकापुर ज्येष्ठ नागरिक दिवासेवा, अलाकापुर बचत तथा ऋण सहकारी संस्थालगायतले कोटीहोममा सहयोग गरेका छन् । कोटीहोम मङ्सिर २७ गतेसम्म चल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds