पोखरा । यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको प्रदेश समितिको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
गण्डकीमा केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन र प्रेस चौतारीको समीकरण अनुसार गण्डकी महासंघको अध्यक्ष पदमा युनियनका तर्फबाट रमेश पौडेल र प्रेस सेन्टरसहित विभिन्न संगठनबाट गोबिन्द सुवेदीले मनोनयन दर्ता गरेका छन् । गोबिन्द यसअघि महासंघ गण्डकीको महासचिव थिए । रमेश र गोबिन्द दुवै जना बाराही एफएमसँग जोडिएका छन् ।
यसैगरी, उपाध्यक्ष खुलातर्फ भने घनश्याम पाण्डे, प्रकाश पौडेल र यदुनाथ बन्जारा गरी ३ जनाको उम्मेदवारी परेको छ । पौडेल युनियन र चौतारी टिमबाट उम्मेदवार बनेका हुन् । पाण्डे सेन्टर र बन्जारा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार रमेश विष्ट निकटका हुन् । बञ्जारा युनियनबाट निलम्वित छन् ।
बन्जारा यसअघि प्रदेश महासंघकै सचिव थिए । त्यस्तै महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियारको उम्मेदवारी परेको छ । जमुना कास्कीका उपाध्यक्ष हुन् भने दीपक कास्की सचिवमा पराजित भएका थिए ।
सचिव खुल्लातर्फ ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीतर्फ रामबहादुर घले परियार र रोशनी गुरुङको मनोनयन दर्ता भएको छ । यसैगरी कोषाध्यक्षतर्फ अग्नीधर लुइटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै खुला सदस्यतर्फ श्रीकृष्ण सिंग्देल, गणेश पहारी, छबिलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुबेदी, बिजय नेपाल, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाको उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यतर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीले मनोनयन गरेका छन भने सदस्य (दलित) तर्फ अमितकुमार विश्वकर्मा र विजय नेपाली उम्मेदवार बनेका छन् । सदस्य (आदिवासी जनजाती) तर्फ तिलप्राद पुन (तिलक पुन), पदम श्रेष्ठ र मन्जुल शाक्य, सदस्य (अल्पसंख्यक) तर्फ सुन्दरकुमार थकालीको मात्र उम्मेदवारी परेको छ ।
२१ सदस्यीय प्रदेश महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, २ सचिव र १ कोषाध्यक्ष गरी ७ पदाधिकारी निर्वाचित हुनेछन । यसैगरी ५ खुला सदस्य, ३महिला सदस्य, २२ आदिवासी र मधेशी सदस्य र ११दलित, अल्पसंख्यक सदस्य गरी १४ जना निर्वाचित हुनेछन् ।


सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो