पोखरा । लेखनाथ नेवा खलको आह्वान एवम् लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिने भएको छ ।
आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले जानकारी दिए । नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उनले बताए ।
संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उनले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्नाका लागि लेखनाथ क्षेत्रमा पहिलोपटक यो उत्सव गर्न लागिएको जानकारी दिए । उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकारहरू उपलब्ध गराइने उनले बताए ।
लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले हाम्रा प्राचीन संस्कार र संस्कृतिहरू हाम्रो सभ्यताका पहिचान भएको बताउँदै यिनीहरूको प्रवद्र्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याए । यःमरी पुन्हीका अवसरमा खाइने नेवारी परिकार यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेको उनको भनाइ छ ।
गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीन कालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समूदाय बस्दै आएको बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय संगठित बनेको जानकारी दिए । लेखनाथ क्षेत्रमा मात्रै करिब २४५ घरधुरी नेवार समूदायको रहेको उनले बताए ।
लेखनाथ नेवा मिसा पुचका अध्यक्ष मीना श्रेष्ठको अध्यक्षता एवम् सचिव संगीता श्रेष्ठले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष पवित्रा श्रेष्ठले गरेका थिए । कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, गणेश नेवा खलका अध्यक्ष जयराम श्रेष्ठ, शिशुवा नेवा खलका अध्यक्ष अर्जुन ताम्राकार, भीमसेन नेवा खलका अध्यक्ष लिलबहादुर श्रेष्ठ लगायतले उत्सवको सफलताको शुभकामना व्यक्त गरे । लेखनाथ क्षेत्रमा नै पहिलोपटक गरिएको यो उत्सव नेवाः संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा एचपीभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
पोखरामा २३ हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाइने
लगाएको कपडामा आगो सल्किँदा एक वृद्धको मृत्यु
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा