पोखरा । देशका केही स्थानमा आज सोमबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
अहिले सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरे भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा पनि भइरहेको छ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
यस्तै, राती कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ। कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो