मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ

मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ

lok bhajan_aebs

स्याङ्जाको आँधीखोला गाउँपालिका -५ जुग्ले स्थित आँधीखोला इङ्लिस बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुलाई मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराएको छ ।

अभ्यास स्वरुप स्कुलमा अन्तरसदनात्मक ‘आँधीखोला सेरोफेरो’ भन्ने विषयमा लोक भजन प्रतियोगिता गरिएको प्रधानाध्यापक स्मृति काफ्लेले जानकारी दिइन् । लोप हुँदै गरेको मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई परम्परागत कला, संस्कृतिको बारेमा सिकाउन अभ्यास स्वरुप लोक भजन प्रतियोगिता गरिएको प्रधानाध्यापक काफ्लेको भनाइ थियो ।

‘हिजोका लोक संस्कृतिहरु भजन, किर्तन, मौलिक लोक गित, संगीत सुन्दा अबको पुस्ता अचम्मित नहोस्’ भन्दै कलिला बालबालिकालाई मौलिक संस्कृतितर्फ पनि प्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक काफ्लेले बताइन् ।

उनले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयका चार सदनका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गरिएको बताइन् । प्रतियोगितामा कर्णाली सदन, बाग्मती सदन, लुम्बिनी सदन र गण्डकी सदन क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो बनेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds