देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री

देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री

kp oli speech

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेकोजस्तो नहुने टिप्पणी गरेका छन्।

आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन्।

उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए। देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडेजस्तो नहुने उनको भनाइ थियो।

नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए। उनले केहीबेर चम्किने र छिट्टै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरे।

उनले भने, ‘कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगेजस्तो हुँदैन देश चलाउन भनेको। अरुलाई बुरुक बुरुक उफ्रिएर मुख छोडेजस्तो हुँदैन, देश चलाउनलाई।’

प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताए। उनले लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ