जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लैजाँदा मापसे गरेका प्रहरी कर्मचारीले उठाएको भन्ने विषयको खण्डन गरेको छ।
आइतबार चितवन प्रहरीका डिएसपी भेषराज रिजालले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक समाचारहरू फैलाइएको भन्दै खण्डन गरेका हुन्।
‘पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले मापसे गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानका आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले चितवनमा भएको घटनाक्रमलाई विश्लेषण गरी भीडबाट लामिछानेमाथि सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सिमित हदम्याद रहेकाले राति नै लग्न परेको उल्लेख गरेको छ।
‘आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट वार्तालाप गरी सके पछि भेटघाट कक्षबाटै ०८।२० गते मध्यराति १२:०५ बजे सुरक्षा सतर्कता अपनाई डिएसपीको कमाण्डमा चितवनबाट सुरक्षित रूपमा कास्की उपस्थित गराइएको,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले रवि लामिछानेलाई पोखरा लैजाँदा मानव अधिकारको हनन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।

सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ