प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा नम्बर ३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्दै यो परियोजना नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताए।
प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुनेसमेत बताए।
विश्वका धेरै मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको भन्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे।
यस टावरले समग्र कोशी प्रदेशलाई घरेलु र विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए।
‘यो परिसर केवल एक टावर भवन मात्र होइन, यो हाम्रो दमकलाई, झापा जिल्लालाई र समग्र कोशी प्रदेशलाई घरेलु र विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने हाम्रो दृष्टिकोणको आधार पनि हो,’ सिग्देलले भने।
मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा रहेको उक्त १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनाइएको हो।
चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
उद्घाटनमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए।
यस दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, र कर्पोरेट कार्यक्रम एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ।
यो टावर परिसरलाई पैदल मार्ग प्रवेश एवेन्यू, प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैंचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैचामा छुट्टयाइएको छ।
१५,६११ वर्ग मिटरमा फैलिएको दमक व्यापारिक कम्लेक्समा बेसमेन्ट, ग्राउन्ड फ्लोर, सहित १८ तल्लाहरू छन्, जसमाथि स्टीलको २८ मिटर टावरले कुल १०० मिटरको उचाइमा पुर्याउने मन्त्रालयको भनाइ छ।
भवन विश्वविख्यात वास्तुकार र शहरी योजनाकार लु कोबिजियको वास्तुकलामा स्मारकत्वको अवधारणाबाट अभिप्रेरित भएर सुरूवात गरिएको हो।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो