रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगी प्रकरणः

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

rabi adalat

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन् ।

कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

न्यायाधीश हिमलाल बेलवासेको इजलासले थप ४ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको हो । लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले सरकारी वकिलमार्फत् अनुमति मागेको थियो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

उनी सो अनुसन्धानमा कास्कीमा नै रहेको १ महिना २० दिन भइसकेको छ ।

उनलाई रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ