पोखरा हार्डवयर एसोसिएसन कास्कीको अध्यक्षमा अर्जुनबहादुर थापा निर्वाचित भएका छन् । एसोसिएसनको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।
उपाध्यक्षमा अमरबहादुर केसी र चन्द्रप्रसाद अधिकारी, महासचिवमा प्रतापराज पौडेल, सचिवमा रामेश्वर आचार्य, कोषाध्यक्षमा मनोजकुमार अधिकारी निर्वाचित भए । सदस्यमा बलबहादुर कुँवर, सुलोष कुँवर, दीपक पौडेल, विनोद केसी, हेमराज लम्साल निर्वाचित भए । शिवराज बास्तोला र महादेव गिरी सदस्यमा मनोनीत भए ।
कार्यक्रमको उद्घाटनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले हार्डवयरसहितका व्यवसाय सञ्चालनमा व्यवसायीहरुमा परेका समस्या समाधानका लागि आफू लागीरहेको बताए ।
पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा कोसेली घर निर्माण गर्न लागिएको भन्दै त्यसमा हार्डवयर व्यवसायीहरुको साथ चाहेको सुनाए । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानांगले हार्डवयर व्यवसायीहरुलाई परेका समस्या समाधानका लागी पोखरा उद्योग वाणिज्य संघ प्रयासरत रहेको बताए ।
एसोसिएसन कास्की अध्यक्ष पृथ्वीराज तिमिल्सिनाले व्यवसायीले खेपिरहेको आर्थिक मन्दीबाट छुटकारा पाइनेतर्फ आशावादी हुन आग्रह गरे ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला