धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्कघातको समस्या देखिएको छ।
मस्तिस्कघातको समस्या देखापरेपछि मेयर हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो।
माया मेट्रो अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार गरिएकोमा यहाँ सम्भव नभएपछि थप उपचारका लागि भारतको दिल्ली लगिएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघात अर्थात Stroke (cerebellum infraction) को समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।
यद्यपि, मेयर हमालको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार रिङटा लागेको थियो । सचिवालयका प्रतिनिधिले भने ‘पहिलादेखि नै उपचार गराइरहेको दिल्लीस्थित म्याक्स अस्पतालमा लगिएको छ ।’ यसअघि उनी कानको बिरामी थिए । हमालको उपचार तथा रेखदेखका लागि छोरा आयुष र भाइ साथमा गएका छन् ।
माया मेट्रो अस्पतालमा पुगी आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितले मेयर हमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्योपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएका छन् ।
टोलीमा प्रदेशसभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना पनि थिए ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला