पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ अन्तर्गत बिहीबार देखि अनौपचारिक रुपमा खेलहरु भएका छन् ।
मंसीर २५ गते औपचारिक उद्घाटन भएपनि बिहीबार देखि अनौपचारिक रुपमा छात्र तर्फ इलाभेन ए साईड फुटबल र क्रिकेट तथा छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता सुरु भएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए।
बिहीबार भएको छात्र तर्फको इलाभेन ए साईड फुटबल प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमीले होली माउण्टलाई ४–१ गोल अन्तरले पराजित गर्यो । त्यस्तै ज्ञानज्योति विद्याकुञ्जले वर्डस एकेडेमीलाई १–० ले पराजित गर्दै गर्दा हेम्जा वोर्डिङले अल्फा एकेडेमीलाई टाइबेकर ५–३ ले पराजित गर्यो ।
याता कान्तिपुर एकेडेमीले लेभनलाई टाइबेरका ५–३ ले पराजित गर्दा पुष्पसदन एकेडेमी ओएएसआईएसलाई ९–० को फराकिलो गोल अन्तरले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिए।
त्यस्तै छात्रा सेभेन ए साईड फुटबल प्रतियोगिता तर्फ युनिभर्स वोर्डिङले रिलायन्स पब्लिकलाई टाइबेकरमा ४–३ ले न्यू लेखनाथ पब्लिकले पुष्पसदन एकेडेमीलाई १–० ले त्रिवेणी पब्लिकले एसआरजेलाई ४–१ ले पराजित गर्यो ।
यता कान्तिपुर एकेडेमीले अञ्जुली वोर्डिङलाई २–० ले ले पराजित गर्दा लिटिल फ्लावरले डायमण्डलाई टाइबेकरमा ४–३ ले पराजित गर्यो । सनराइजले अल्फा एकेडेमीलाई टाइबेकरमा ३–२ ले पराजित गर्दा गण्डकी एकेडेमीले अक्सफोर्डलाई टाइबेकरमा २–० ले पराजित गर्यो । अन्तिम खेलमा वड्स एकेडेमीले मर्निङग्लोरीलाई ४–० ले पराजित गरेको छात्रा फुटबल संयोजक हिमला गुरुङले जानकारी दिए।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने छन् ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जिनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ ।
खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो