गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ ।
सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार जीविकोपार्जन तथा शिक्षा परियोजनामार्फत् किडासाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्वेटर,स्टेसनरी सामग्री एवं ट्रयाकसुट वितरण गरिएको हो ।
पोखरा महानगरभित्रका सरकारी विद्यालयका विद्यार्थी लक्षित यो कार्यक्रमबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने पनि उनले बताए ।
विद्यार्थीहरुलाई अध्यक्ष लालचनसहित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसहितले ती सामग्री हस्तान्तरण गरेका सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले बताए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकाहरु विद्यालय बाहिर नरहून् तथा निकृष्ट श्रममा बालबालिकाको प्रयोग नहोस् भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।
सम्बन्धित खबर
रवि लामिछानेसहित ७ जनालाई कास्की अदालत उपस्थित गराइयो
करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद सुरू
ड्रागन बोट रेसमा सहभागी हुन चिनियाँ खेलाडी चार्टड विमानबाट पोखरा ओर्लिए
बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडकको निर्माण ५ वर्षदेखि रोकियो
प्रतिभामा विद्यार्थीलाई नेतृत्व विकास तालिम
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार